आज:  | Sat, 20, Apr, 2024

राप्रपाको महामन्त्रीमा कुन्ती शाही बिजयी

२०७८, १९ मंसिर आईतवार ०७:४९ मा प्रकाशित ( २ साल अघि) ११०३७ पाठक संख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा कुन्ती कुमारी शाहीले अत्याधिक मत पाएर बिजायी हुनुभएको छ ।राप्रपामा स्थापना कालदेखी पार्टीमा बिभिन्न तहमा रहेर आफ्नो सकृय राजनीति गरिरहेकी नेता कुन्ती शाहीले आफ्नो जीतमा खुशी हुँदै सबै महाधिबेशन प्रतिनिधिलाई धन्यबाद समेत दिएकी छन् । आफ्नो जितले पार्टी प्रती थप जिम्मेवारी बनाएको आगामीदिनमा अझ सकृय भएर लाग्ने बताउनु भयो ।

राप्रपाको एजेन्डालाई देशका कुना कन्धरा पुगेर गाउँबस्ती पुगेर जनताका माझ पुग्ने बताउनु भयो । राप्रपा देशको बैकल्पिक शक्ती बन्ने विश्वास बोकेर आफु पार्टिका गतिबिधीमा अझ कृयाशिल भएर लाग्ने बताउनु भएको छ ।

 

 

खबर एक्सप्रेस