आज:  | Fri, 19, Apr, 2024

अभिनेत्री करिश्मा १२ उत्तिर्ण

२०७८, १७ मंसिर शुक्रबार १५:३० मा प्रकाशित ( २ साल अघि) १००१४ पाठक संख्या

काठमाडौँ – अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ उत्तिर्ण भएकी छन् । गएको भदौ–असोजमा सञ्चालन भएको परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको हो । अभिनेत्री मानन्धर २.४१ जिपिए ल्याएर उत्तिर्ण भएकी हुन् । उनले दुई विषयमा ए प्लस जिपिए ल्याएकी छन् ।‘कोरोना महामारीका कारण नियमित कक्षा जान पाइएको थिएन, छोटो समयको तयारीले पनि राम्रै भएछ जस्तो लाग्यो, खुशी छु’, माननन्धरले भनिन् । उनले अब स्नातक पढ्ने योजना रहेको बताइन् । उनले भनिन्, ‘मलाई अझै पढ्ने इच्छा छ । समाजशास्त्र वा ग्रामीण विकास मुल विषय लिएर पढ्ने योजना छ ।

खबर एक्सप्रेस