आज:  | Fri, 29, Mar, 2024

३२५ जना कोरोना मुक्त

२०७८, ११ मंसिर शनिबार २३:५३ मा प्रकाशित ( २ साल अघि) ५४५७ पाठक संख्या

काठमाडौं, मङ्सिर ११ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार ९०७ जनामा आरटीपीसीआर परीक्षण गर्दा १९७ जनामा र एक हजार ७२५ जनामा एन्टीजेन परीक्षण गर्दा १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ३२५ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ । यसैगरी सोही अवधिमा तीन जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२१ पुगेको छ ।

खोप: पछिल्लो २४ घण्टामा एक लाख १५ हजार ४३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

खबर एक्सप्रेस