आज:  | Fri, 29, Mar, 2024

लोप हुँदै कोल

२०७८, ११ मंसिर शनिबार ११:४३ मा प्रकाशित ( २ साल अघि) ७९०६ पाठक संख्या

तर्क बुढा बूढ़ा, अछाम । समयको परिवर्तनसँगै र प्रविधिको विकाससँगै नेपालमा पनि परम्परागत प्रविधिमा आधारित धेरै कुराहरु लोप हुँदै गैरहेका छन् । यो मध्य एक कोल पनि लोप हुँदै गएको छ। 

ग्रामीण क्षेत्रमा यातायातको पहुँच बढ्दै जानु तथा विद्युत् मिलको विकाससँगै परम्परागत कोलहरू लोप हुँदै गएका हुन् । तेलहन बालीको खेती गर्ने प्रचलनमा कमी हुँदै जानु तथा बजारमा तेल प्याकिङ गरेर आउन थालेपछि कोल हराउँदै गएको छ । बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलकै प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै गएका हुन् । गाउँघरका काठबाट हातले बनाइएका विभिन्न मेशिन हराउँदै गइरहेका छन् । परम्परागत प्रविधिमा आधारित कोलमा चिउरी, उखु, अमिलो, र तोरी पेल्ने गरिन्छ ।

कोलमा तेल पेल्नका लागी बढी जनशक्ति र शारीरिक श्रम बढी लाग्ने भएकाले बजारमा सजिलै तेल किन्न पाइने भएपछि कोलसँगै तेलहन बालीको खेतीसमेत लगाउन छोडेको पाइन्छ, आधुनिक मेशिनको बढ्दो प्रयोग र विकाससँगै सामग्रीको प्रयोग र संरक्षणमा प्रयोगकर्ताले विस्तारै कम गर्दै जाँदा अहिले ग्रामीण पहिचान नै मेटिएको छ । मुस्किलले केही भागमा मात्र यसकिसिमका कोल पाईन्छ । 

खबर एक्सप्रेस