आज:  | Fri, 28, Jan, 2022

वाग्मतीको ४४६औं हप्ता सफाई अभियान

२०७८, ११ मंसिर शनिबार ११:३१ मा प्रकाशित ( २ महिना अघि) ३४११ पाठक संख्या

गणेश तिवारी, काठमाडौ । वाग्मती सफाइ महाअभियानको ४४६औं हप्ताको सफाई अभियान सम्पन्न भएको । २०७० जेठ ५ गतेदेखि प्रत्येक शनिबारको बिहान राष्टका नाममा दुईघण्टा स्वयंसेवा भन्ने नाराका साथ शुरुभएको बाग्मती सफाइ महाअभियानको निरन्तर संचालन मा रहेको छ। आजको अभियान सिनामङ्गल वाग्मती पुलमुनि क्षेत्रमा भएको सफाइ अभियान सम्पन्न भएको छ । गतहप्ता नदी किनाराबाट आवतजावत गर्ने मुख्य सडकमा लामो समयदेखी बाटो बन्द रहेकोमा अभियन्ताको पहलमा बाटो खोलिएको थियो ।


आज सोही ठाउँमा अभियान संचालन भएको अभियन्ता एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा. माला खरेलले जानकारी दिनुभएको छ । आज काठमाडौं उपत्यकाका बिभिन्न स्थानका साथै देशका बिभिन्न भागमा सफाई अभियान सम्पन्न भएको छ ।

खबर एक्सप्रेस