आज:  | Fri, 29, Mar, 2024

प्रेम गीत३ फागुन १३ मा आउने पक्का

२०७८, ९ मंसिर बिहीबार १०:४८ मा प्रकाशित ( २ साल अघि) १२१८४ पाठक संख्या

अन्ततः बहुचर्चित चलचित्र प्रेम गीत३ ले आफ्नो प्रदर्शन मिति तोकेको छ । चलचित्र फागुन १३ गते प्रदर्शनमा आउने पक्का भएको छ । दर्शक माझ निकै प्रतिक्षा रहेको चलचित्र प्रेमगीत३ ले नेपाली चलचित्र क्षेत्रलाई एउटा नयाँ ऊँचाईमा पुर्याउने बिश्वास लिएइको छ ।

कोरोना महामारीका कारण नेपाली चलचित्र क्षेत्र प्राय ठप्प भएको समयमा चलचित्र ‘प्रेम गीत३’ भने मुम्बईमा धमाधम काम गरिरहेको थियो ।हिन्दीमा डबिङ्ग संगै सम्पादनको सम्पूर्ण काम सकिएको छ । 

चलचित्रका निर्देशक तथा निर्माता सन्तोष सेन अभिनेता प्रदिप खड्का र कार्यकारी निर्माता चक्र बहादुर चन्द यतीखेर मुम्बईमा बसेर आफ्नो रिलिज प्रकृयालाई समेत तिब्रता दिइरहेका छन्। 

प्रेमगित३ चलचित्रलाई वलिउडका चर्चित सम्पादक सञ्जय शाक्लाले सम्पादन गरेका हुन ।

स्वर्गीय छेतन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गरेको फिल्ममा शिव श्रेष्ठ, प्रदीप खड्का, सुनिल थापा, माओत्से गुरुङ, सन्तोष सेन, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, योगिशा खत्री, जीवन भट्टराई लगायतको अभिनय रहेको छ । यो फिल्मबाट क्रिस्टिना गुरुङले भने नायिकाको रुपमा डेब्यू गर्दैछिन् ।

फिल्मको कथा र पटकथा छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । फिल्मको छायाँकन राजेश श्रेष्ठ र पुरुषोतम प्रधान सम्पादन बनिश शाह र भूपेन्द्र अधिकारीले गरेका छन । फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर दिय दिएका छन् । चक्रबहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्मातामा छन् । कुमार शान शाह र ओएसआर डिजिटल सहनिर्माता हुन ।

 

खबर एक्सप्रेस