आज:  | Thu, 28, Mar, 2024

चार जना सङ्क्रमितको मृत्यु

२०७८, ८ मंसिर बुधबार २३:४९ मा प्रकाशित ( २ साल अघि) ५७०५ पाठक संख्या

काठमाडौं, मङ्सिर ८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार ५९० जनामा आरटीपीसीआर परीक्षण गर्दा ३०५ जनामा र दुई हजार ३३० जनामा एन्टीजेन परीक्षण गरिएकोमा २७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा २३२ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ । सोही अवधिमा चार जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१३ पुगेको छ ।

खोप: पछिल्लो २४ घण्टामा एक लाख ४७ हजार २६२ हजार ५११ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

खबर एक्सप्रेस