आज:  | Sat, 27, Nov, 2021

७१ हजार ४८३ जनाले कोरोनाविरुद्धको खोप लगाए

२०७८, ६ मंसिर सोमबार १७:३८ मा प्रकाशित ( ५ दिन अघि) ४६६ पाठक संख्या

काठमाडौं, मङ्सिर ६ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नौ हजार ९२१ जनामा आरटीपीसीआर परीक्षण गर्दा ३६७ जना र दुई हजार ७७६ जनामा एन्टीजेन परीक्षण गर्दा १८ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालय जनाएको छ । पछिल्लो २४ घण्टामा २५८ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ । सोही अवधिमा चार जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार पाँच सय पुगेको छ । अब सात हजार २६९ जनामा कोरोनाको सक्रिय सङ्क्रमण रहेकोे छ । पछिल्लो २४ घण्टामा ७१ हजार ४८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

खबर एक्सप्रेस