आज:  | Sat, 23, Mar, 2024

योगगुरु रामदेवको टिभी बिबाद पतञ्जलि योगपीठको निकाल्यो विज्ञप्ति

२०७८, ५ मंसिर आईतवार २१:३७ मा प्रकाशित ( २ साल अघि) ८०९२ पाठक संख्या

५ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका साथै पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको उपस्थितीमा उदघाटन भएको ‘पतञ्जलि नेपाल’ र ‘आस्था’ टेलिभिजनको बिबाद बारे सरकारले अध्ययन समिति बनाएको छ । सोही समितिले आज टेलिभिजनको काठमाडौंको मण्डिखाटारमा रहेको कार्यालयमा समितिले आकस्मिक निरीक्षण समेत गरी उक्त टिभीले प्रसारण अनुमतिपत्र र पूर्वप्रसारण अनुमति समेत नलिएको भेटिएको छ । सोही बिबादलाई लिएर पतञ्जलि योगपीठ नेपालले एक विज्ञप्ति जारी गर्दै पतञ्जलि र आस्था टेलिभिजन च्यानल प्रसारणमा आइनसकेको स्पष्टीकरण दिएको छ । भने असोज ८ गते नै कम्पनी रजिष्ट्रारको कार्यालयबाट कम्पनी प्रमाणीकरण लिएर प्रसारणको अनुमति लिने प्रक्रिया सुरु भएको बताएको छ ।

खबर एक्सप्रेस