आज:  | Sun, 28, Nov, 2021

एक जना सङ्क्रमितको मृत्यु

२०७८, ५ मंसिर आईतवार २०:२३ मा प्रकाशित ( ६ दिन अघि) ४९७ पाठक संख्या

काठमाडौं, मङ्सिर ५ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार ८४५ जनामा आरटीपीसीआर परीक्षण गर्दा २३२ जनामा र एक हजार २७८ जनामा एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४७० जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ । सोही अवधिमा एक जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४० हजार १४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

खबर एक्सप्रेस