आज:  | Sun, 28, Nov, 2021

लामो समय अवरुद्ध गरिएको बाटो अभियन्ताले खुलाए

२०७८, ४ मंसिर शनिबार २१:२६ मा प्रकाशित ( १ हफ्ता अघि) २२६४ पाठक संख्या

काठमाडौं । २०७० जेठ ५ गतेदेखि प्रत्येक शनिबारको बिहान राष्टका नाममा दुईघण्टा स्वयंसेवा भन्ने नाराका साथ शुरुभएको बाग्मती सफाइ महाअभियानको ४४५औं हप्ताको अभियान सम्पन्न भएको छ । सिनामङ्गल वाग्मती पुलमुनि क्षेत्रमा भएको सफाइ अभियानसँगै नदी किनाराबाट आवतजावत गर्ने मुख्य सडकमा लामो समयदेखी बाटो बन्द छ भनेर घेराबार लगाएर निर्माण सामाग्रीहरु स्टोर गरिएको थियो । यो कार्य लामो समयसम्म रहेकोले नागरीकको अधिकारलाई हनन गर्ने कार्य भएको सोबाटो आवतजावत सहज गर्नका लागी अभियन्ताले लगाईएको घेराबारलाई भत्काइदिएका छन् ।


स्थानीयस्तरमा मुख्य सडक लामो समय अवरुद्ध गरिँदासमेत स्थानीय सरकारले वास्ता नगरेको हुदा वाग्मती सफाइका क्रममा आज सो घेराबार भत्काएको हो । सो बाटो खुलाए लगतै आवतजावत गर्ने सवारी साधन र यात्रुले यो राम्रो काम भएको बताए । आफूहरु नजिकको दुरीमा बाटो हुदा समेत अबैध तरिकाले बाटो बन्द गरिदिदा लामो बाटो प्रयोग गर्नुपर्ने अवस्थालाई सहज बनाईदिएकोमा अभियन्तालाई धन्यबाद समेत दिएका थिए ।
पुल बनाउने दिवा निर्माण सेवाले बाटो बन्द गरी निर्माण सामग्री थुपारेर यात्रुलाई असहज अवस्था बनाएको जनाइएको छ । यसअघि तीनकुनेको पुुल बनाउँदा पनि पप्पु कन्स्टक्शनले पुलमुनिको बाटो बन्द गरी निर्माण सामग्री थुपारेकामा अभियानकर्मीले नै खुलाएको अभियन्ता एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा. माला खरेलले जानकारी दिनुभएको छ ।

अटेरी गरी नदी तथा सार्वजनिक स्थलमा जथाभावी फोहर फालेमा वा नदीलाई जथाभावी अतिक्रमण गर्ने कार्य गरेमा त्यो स्वीकार नहुने अभियन्ता मदन पोख्रेलले बताउनु भएको छ । हामी बर्षौदेखी अभियान संचालन गरीरहेका छौं । यदी नदीलाई दोहन गर्ने आफ्नो निजी सम्पती जस्तो ठानेर यसकिसिमका कृयाकलाप संचालन भएमा कठोर निर्णय लिन अभियन्ता तयार हुने बताउदै राज्यका निकायहरुले पनि ठिक किसिमले कार्य गर्न सुझाब दिएका छन् ।

वाग्मतीमा ४४५औँ हप्ताको सफाइका क्रममा पुल क्षेत्रमा सफाइ गरिएको छ । सफाइमा पूर्व मुख्यसचिव लीलामणि पौडेल, अधिकारसम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, नवनियुक्त आयोजना प्रमुख दिलीप भण्डारीलगायतको सहभागीता रहेको थियो ।
आज काठमाडौं उपत्यकाका बिभिन्न स्थानका साथै देशका बिभिन्न भागमा सफाई अभियान सम्पन्न भएको छ

खबर एक्सप्रेस