आज:  | Thu, 25, Apr, 2024

एक जना सङ्क्रमितको मृत्यु

२०७८, ४ मंसिर शनिबार २०:५३ मा प्रकाशित ( २ साल अघि) ६६९७ पाठक संख्या

काठमाडौं, मङ्सिर ४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार १४५ जनामा आरटीपीसीआर परीक्षण गर्दा २०९ जना र दुई हजार ९९१ जनामा एन्टीजेन परीक्षण गर्दा ३३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ४४४ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ । भने सोही समयमा एक जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९५ पुगेको छ ।

खबर एक्सप्रेस