आज:  | Thu, 25, Apr, 2024

अधिकतम तापक्रम पनि औसतभन्दा कम

२०७८, ३ मंसिर शुक्रबार २२:०६ मा प्रकाशित ( २ साल अघि) ५५१९ पाठक संख्या

केही दिन यता देशैभरीको मौसममा अचानक परिवर्तन आएको छ । अधिकतम तापक्रम पनि औसतभन्दा कम भएको छ । काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा घाम लागेको छैन भने काठमाडौंको आकाश पनि तुवाँलोले ढाकेको छ । मौसम परिवर्तनसँगै चिसो पनि बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार लामो समयदेखि वर्षा नभएको र हावा पनि उच्च बहावमा चल्न नसकेको कारण वायुमण्डलमा प्रदूशणका कणहरू थिग्रिएर बसेकाले प्रदूषण बढेको बताईएको छ । चिसो बढ्दा बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यमा असर पुग्ने भएको सावधानी अपनाउन भनिएको छ । मौसमको बदलिसँगै रुघाखोकीका बिरामी बढन थालेको स्वास्थ्य बिज्ञले जनाएका छन् ।

खबर एक्सप्रेस