आज:  | Fri, 29, Mar, 2024

कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत

२०७८, ३ मंसिर शुक्रबार २०:५० मा प्रकाशित ( २ साल अघि) ५५१९ पाठक संख्या

काठमाडौं, मङ्सिर ३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार ७७७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २७१ जना र एक हजार १९५ जनामा एन्टीजेन परीक्षण गर्दा २५ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । पछिल्लो २४ घण्टामा ३६९ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ । सोही समयमा पाँच जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९४ पुगेको छ ।
खोप आज एक लाख ७३ हजार ४९८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

खबर एक्सप्रेस