आज:  | Thu, 28, Mar, 2024

वडाभैरव स्वास्थ्य चौकिलाई दुई थान अक्सिजन कन्स्ट्रेटर

२०७८, २ मंसिर बिहीबार २३:३१ मा प्रकाशित ( २ साल अघि) ९७०४ पाठक संख्या

भगवतीमाई गाउँपालिका वडाभैरव स्वास्थ्य चौकिलाई दुई थान अटोमेटिक अक्सिजन कन्स्ट्रेटर हस्तान्तरण गरिएको छ् । दैलेखी नेत्रृ पूर्वमन्त्री कुन्ती कुमारी शाहीको पहलमा दैलेखका बिभिन्न क्षेत्रका लागि २० थान अटोमेटिक अक्सिजन कन्स्ट्रेटर प्राप्त भएको छ । आज स्थानिय बडा भैरब स्वास्थ्य चौकीमा एक कार्यक्रमका बिच शिशिर शाही र प्रकाश शाहीले हस्तान्तरण गर्नुभएको छ 

स्वास्थ्य सामाग्री बुझेपछी स्थानिय स्वास्थ्य चौकीले राष्ट्रिय जनजाती उत्थान आयोगका पूर्व उपाध्यक्ष तथा राप्रपाका केन्द्रिय कोषाध्यक्ष चन्द्र बहादुर गुरुङको समन्वयबाट एनआरएनए आईसीसी सल्लाहकार त्रिलोक गुरुङको पहलमा हङकङ पूर्व शैनिक संघलाई  २थान अटोमेटिक अक्सिजन कन्स्ट्रेटर उपलब्ध गराएकोमा धन्यबाद समेत दिएका छन् ।

बाँकी स्वास्थ्य सामाग्री छिट्टै अन्य क्षेत्रमा बितरण हुने भन्दै पूर्वमन्त्री कुन्ती कुमारी शाहीले आफूले जिल्लाका लागी यसकिसिमका सहयोगमा सधै कृयाशील हुने बताउनु भएको छ । 

खबर एक्सप्रेस