आज:  | Thu, 28, Mar, 2024

देउसीको रकम बोनम्यारो र क्यान्सर पीडितलाई

२०७८, २ मंसिर बिहीबार ०९:४७ मा प्रकाशित ( २ साल अघि) १०९४४ पाठक संख्या

उदयपुरको चौदण्डीगढी नगरपालिका–७ का स्थानीय युवाले देउसी भैलो खेलेको रकम बोनम्यारो र क्यान्सर रोगबाट पीडित बिरामीलाई हस्तान्तरण गरेका छन् । स्थानीय युवाले देउसी भैलो खेलेर जुटाएको रकम सोही स्थानका उपचाररत बोनम्यारो पीडित लेखकुमार राई र वडा नम्बर(४ बसाहाका क्यान्सर पीडित रामकुमार राईलाई हस्तान्तरण गरेका हुन् ।
दुवै बिरामीलाई ३०र३० हजारको दरले ६० हजार रुपैयाँ बिरामीको घरघरमै पुगेर हस्तान्तरण गरिएको युवा समाजसेवी साङगेनहाङ राईले बताए । बेल्टार बजारस्थित ‘दोषी साम्राज्य’ नामक संस्थामा आबद्ध युवाले बेल्टार बजारमा देउसी खेलेर संकलन गरेको रकम मध्ये बिरामीद्धयलाई उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको बताएका छन् ।
गत वर्षको लकडाउनको समयमा पनि सो समूहले कटारीकी १३ महिने बालिका शियोना श्रेष्ठलाई ५० हजार र चौदण्डीगढी नगरपालिका–७ का अशक्त बुदन चौधरीलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।
न्युज कारखाना

खबर एक्सप्रेस