आज:  | Fri, 19, Apr, 2024

राप्रपाले सम्पूर्ण प्रदेशको अधिवेशन सम्पन्न गर्यो

२०७८, २९ कार्तिक सोमबार १९:०५ मा प्रकाशित ( २ साल अघि) १३३६२ पाठक संख्या

गणेश तिवारी, राष्ट्रिय प्रजातन्त्र पार्टीले राप्रपाले सम्पूर्ण प्रदेशको अधिवेशन सम्पन्न गरेको छ। आइतबार सातवटै प्रदेशमा एकैसाथ शुरु भएको राप्रपाको प्रदेश अधिवेशन सोमबार सम्पन्न गरेको हो । प्रदेश एकमा भक्ति सिटौलालाई पराजित गर्दै राम थापा विजयी भएका छन्। प्रदेश २ मा भरत गिरी र बाग्मती प्रदेशमा विक्रमबहादुर थापा सर्वसम्मत अध्यक्ष बनेका छन् । गण्डकी प्रदेशमा मदनबहादुर कार्कीलाई पराजित गर्दै हेमजङ्ग गुरुङ अध्यक्ष पदमा निर्वाचित भएका छन्। भने लुम्बिनी प्रदेशमा प्रदीपकुमार उदयले ऋषिराज देवकोटा,लाई हराउदै अध्यक्ष बनेका छन् ।
कर्णाली प्रदेशमा दीपबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा धर्मराज जोशी सर्वसम्मत अध्यक्ष बनेका छन्।
राप्रपाले पहिलोपटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गर्दै आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा महाधिवेशनको आयोजना गर्दैछ।त्यसको लागी आगामी मंसिर ३, ४ र ५ गते राप्रपाले महाधिवेशन प्रतिनिधि छनोट गर्ने कार्यतालिका रहेको महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिएका छन्।

खबर एक्सप्रेस