आज:  | Fri, 29, Mar, 2024

नेपाल एयरलायन्सको ‘कनेक्टिङ फ्लाइट’

२०७८, २५ कार्तिक बिहीबार २२:२८ मा प्रकाशित ( २ साल अघि) १०८८२ पाठक संख्या

नेपाल एयरलायन्सले ‘कनेक्टिङ फ्लाइट’ सुरु गर्ने भएको छ। एयरलायन्सले विदेशी हवाई कम्पनीहरूसँग मिलेर कनेक्टिङ फ्लाइट गर्ने भएको हो। उडानको लागि नेपाल वायुसेवा निगम र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूबीच द्विपक्षीय (एसपिए) सम्झौता भइसकेको छ।
अब नेपाल एयरलायन्सको नाममा काटिएको टिकटबाटै यात्रुहरूले अन्य एयरलायन्स कम्पनी हुँदै आफ्नो गन्तव्यमा पुग्न सक्नेछन्। नेपाल एयरलायन्सले तय गरेको कनेन्टिङ फ्लाइट तालिकाअनुसार काठमाडौं–बैंकक–सिओल, काठमाडौं–बैंकक–सिड्नी, काठमाडौं–बैंकक–टोकियो, काठमाडौं–दोहा–कुवेत, काठमाडौं–दुबई–जुरिच, काठमाडौं–दुबई–लन्डन, काठमाडौं–दुबई–फ्रयाक्फोर्ट, काठमाडौं–दुबई–पेरिस र काठमाडौं–दुबई–बहराइनसम्मको यात्रा गर्न पाइनेछ। उडानको एक सेक्टर नेपाल एयरलायन्सले गर्नेछ। त्यसपछि यात्रुहरूले सोही टिकटमा आफ्नो गन्तव्य रुटको जहाज चढ्नुपर्नेछ।

खबर एक्सप्रेस