आज:  | Sat, 27, Nov, 2021

नवनियुक्त प्रदेश प्रमुखहरूको शपथ

२०७८, २५ कार्तिक बिहीबार २१:५१ मा प्रकाशित ( २ हफ्ता अघि) ६८३ पाठक संख्या

काठमाडौँ, कात्तिक २५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवनमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा १६७ अनुसार प्रदेश नं १ का प्रमुख परशुराम खापुङ, कर्णाली प्रदेशका प्रमुख तिलक परियार र सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले राष्ट्रपतिसमक्ष शपथ लिएका छन् । शपथ कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा लगाएतको उपस्थित रशेको थियो ।

खबर एक्सप्रेस