आज:  | Thu, 28, Mar, 2024

चपली हाइट ३ पुस २ गते प्रदर्शनमा आउने

२०७८, २४ कार्तिक बुधबार २१:३३ मा प्रकाशित ( २ साल अघि) ९१४६ पाठक संख्या

नेपाली चलचित्र ‘चपली हाइट ३’ पुस २ गते प्रदर्शनमा आउने तयारीमा जुटेको छ । हिन्दि फिल्म ‘सूर्यबंशी’ एकाएक चलेपछि नेपाली निर्माताहरु आफ्नो चलचित्रको रिलिज मिति धमाधम घोषणा गर्न लागेका छन् । यो चलचित्र २०७६ साल चैत्र २७ गतेलाई प्रदर्शन मिति तोकेको मा कोरोना महामारीका कारण लकडाउन भएपछि चलचित्रको प्रदर्शन मिति स्थागित भएको थियो । निकेश खड्काको निर्देशन रहेको सस्पेन्स, थ्रिलर कथामा बनेको फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।

खबर एक्सप्रेस