आज:  | Sat, 27, Nov, 2021

तीन प्रदेश प्रमुखको नियुक्ति

२०७८, २३ कार्तिक मंगलवार २०:५२ मा प्रकाशित ( २ हफ्ता अघि) ९०० पाठक संख्या

काठमाडौं, कात्तिक २३ गते । मन्त्रिपरिषद्को शिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख फेरबदल गर्नुभएको छ । मन्त्रिपरिषद्ले गरेको सिफारिसको आधारमा प्रदेश १ मा पशुराम खापुङ्ग, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देशराज जोशीलाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । यस अघि हिजो बसेको मन्त्रिपरिषद् तीन प्रदेश प्रमुख हटाइ नयाँ नियुक्तिका लागि सिफारिस गरेको थियो ।

खबर एक्सप्रेस