आज:  | Sat, 27, Nov, 2021

सरकार संचालनमा सहयोग गर्न समन्वय समिति गठन

२०७८, २२ कार्तिक सोमबार २०:२५ मा प्रकाशित ( २ हफ्ता अघि) ९९३ पाठक संख्या

खबरएक्सप्रेस सम्बाददाता । सरकार संचालन गरीरहेको गठबन्धनको बैठकले रामचन्द्र पौडेलको संयोजकत्वमा ११ सदस्यीय समन्वय समिति गठन गरेको छ । भने नेतृत्व आलोपालो गर्ने गरी समिति बनेको हो । यस समितिले सरकार सञ्चालनमा सहयोगीको भुमिका निभाउने छ । समन्वय समितिमा पाँच दलका २२ जना प्रतिनिधि रहनेछन् । सरकारको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेका छन्। नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव सदस्यमा रहेका छन्। राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल रहेका छन्। एकीकृत समाजवादी र जनता समाजवादीले थप एक सदस्यको नाम पार्टीमा सल्लाह गरेर दिने बताएका छन्। समन्वय समितिको नेतृत्व प्रत्येक दुई महिनामा आलोपालो गर्ने गरी सहमती भएको छ । निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिन दलहरू सहमत भएका छन्। आउने राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनले सहकार्य गर्ने समेत निर्णय भएको छ ।

खबर एक्सप्रेस