आज:  | Sat, 27, Nov, 2021

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच महिना भित्र अन्तर्राष्ट्रिय उडान हुने

२०७८, २१ कार्तिक आईतवार १८:५५ मा प्रकाशित ( २ हफ्ता अघि) ९०० पाठक संख्या

काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइल्याण्डको एरो थाईलाई अनुमति दिएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवामा निर्माण गरिएको गौतमबुद्ध विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयारी अवस्थामा रहेको छ । क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने प्रक्रिया हो । यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्नुपर्छ । एरो थाइले क्लालिब्रेसन फ्लाईट गर्ने अनुमति पाएसँगै परीक्षण उडानको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको हो । अबको एकमहिना भित्रै परीक्षण उडान हुनेछ । एरो थाई थाइल्याण्डको प्रतिष्ठित हवाई कम्पनी हो । आगामी नोभेम्बर २२ तारिखमा एरो थाईले प्राविधिक जनशिक्तसहित नेपालमा जहाज ल्याएर प्रक्रिया पुरा गरी क्लालिब्रेसन फ्लाइट गर्ने प्राधिकरणले जनाएको छ । परीक्षण उडान गरेपछि अन्तर्राष्ट्रिय वायुसेवालाई नियमित उडानका लागि आह्वान गरिने छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुने जनाइएको छ । विमानस्थलको प्राविधिक स्थितीको काम लगभग सकिसकेकाले अबको पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताईएको छ ।

खबर एक्सप्रेस