आज:  | Sat, 27, Nov, 2021

‘सूर्यवंशी’ ले तीनदिनमा एकसय करोडको ब्यापार गर्यौं

२०७८, २१ कार्तिक आईतवार १८:३० मा प्रकाशित ( २ हफ्ता अघि) १८९२ पाठक संख्या

हिन्दि सिनेमा ‘सूर्यवंशी’ ले भारत लगाएत बिभिन्न देशमा आफ्नो धमाकेदार ब्यापार गरेको छ । पहिलो दिन ओपनिङ २६.२९ करोड भारतीय रुपैयाँ कमाएको छ । भने दोस्रो दिन २४.५० करोड भारु आम्दानी गरेका थियो । देश बाहिर समेत गरी करिब ७० करोडको ब्यापार गरेको छ ।
आज तेस्रोदिन पनि फिल्मले करिब ३० करोड भारु. आम्दानी गरेको छ । अक्षय र कटरिना कैफको यो चलचित्रले विदेशमा पनि राम्रो ब्यापार गरीरहेको छ । सूर्यवंशीलाई भारतमा ४ हजारभन्दा बढी स्क्रिनमा रिलिज गरिएको छ भने विदेशमा १३ सयभन्दा बढी स्क्रिनमा देखाइएको छ । रोहित शेट्टीको निर्देशनमा बनेको फिल्ममा अक्षय र कटरिनाको साथै रणवीर सिंह र अजय देवगनको समेत मुख्य भूमिका रहेको छ । त्यस्तै, गुलशन ग्रोवर, सिकंदर खेर, अभिमन्यु सिंह र जावेद जाफरीको पनि चलचित्रमा भूमिका रहेको छ । यो फिल्मले २४ घण्टामा ७ लाख टिकट बिक्रि भएर रेकर्ड कायम गरेको छ । भने अक्षय कुमारको सबैभन्दा बढी ओपनिड. गर्ने फिल्म समेत बनेको छ ।

खबर एक्सप्रेस