आज:  | Sat, 27, Nov, 2021

फेसबुकको प्यारेन्ट कम्पनीको नाम परिवर्तन

२०७८, १२ कार्तिक शुक्रबार ०९:४० मा प्रकाशित ( ४ हफ्ता अघि) १५५१ पाठक संख्या

सामाजिक संजाल फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरेको छ । फेसबुकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) मार्क जुकरबर्गले बिहीबार अब कम्पनीको नाम ‘मेटा’ रहने घोषणा गरेका हुन् । फेसबुकले अब सामाजिक सञ्जालभन्दा बाहिरका क्षेत्रमा पनि आफ्नो काम विस्तार गर्ने जनाएको छ। जसका लागि नयाँ नाम चाहिएको पनि उसले जनाएको छ। फेसबुकले केही समय अगाडि मात्रै भर्चुअल रियालिटीका क्षेत्रमा काम गर्ने गरी विकास गर्न लागेको ‘मेटाभर्स’ प्रोजेक्टका लागि युरोपमा १० हजार कर्मचारी नियुक्तिको तयारी गरेको घोषणा गरेको थियो। संसारमा लोकप्रिय रहेको सामाजिक संजाल हो

खबर एक्सप्रेस