आज:  | Thu, 28, Mar, 2024

हिमानी कोषबाट वुटवलका बाढी पिडितलाई राहत बितरण

२०७८, ११ कार्तिक बिहीबार २२:५८ मा प्रकाशित ( २ साल अघि) ७८७५ पाठक संख्या

पूर्वयुवराज्ञी हिमानी शाहको नाममा वहाँकै नेतृत्वमा संचालनमा रहेको हिमानी कोषले आज रुपन्देहीको बुटवलमा राहत बितरण गरेको जनाएको छ । बाढी प्रभाबित क्षेत्रका बासिन्दालाई लक्षित गरी कोषका कोषाध्यक्ष पूर्वअधिराज कुमारी शिताष्मा राज्यलक्ष्मीदेवी शाहको उपस्थितीमा स्थानिय ज्योती प्राथमिक बिद्दालय ज्योतीनगरमा एक कार्यक्रमका बिच शाहले राहत बितरण गर्नुभएको छ । देशमा बिभिन्न समस्याहरु आपतबिपतमा परेका नागरिकलाई नियमित रुपमा हिमानी ट्रष्टले राहत तथा सहयोगका कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । यसका कार्यको नागरिकले खुलेर प्रशंसा गर्दै आएका छन् ।

 

 

खबर एक्सप्रेस