आज:  | Sat, 27, Nov, 2021

उचाई पनि प्रेमगीत ३ छायाङ्कन भएको क्षेत्रमा पुग्यो

२०७८, ७ कार्तिक आईतवार ०८:०८ मा प्रकाशित ( १ महिना अघि) १७६८ पाठक संख्या

भारतीय चलचित्र ‘उचाइ’को छायाङ्कन नेपालका बिभिन्न क्षेत्रमा इरहेको छ । काठमाडौँ दुई दिनको छायाङ्कन सकाएपछि टोली लुक्ला, नाम्चेजस्ता विभिन्न ठाउँका रमणीय दृश्यलाई कैद गरी अहिले माथिल्लो मनाङ क्षेत्रका रमणीय दृश्यलाई कैद गर्दै छ ।
अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडालगायतको अभिनय रहने छ । चार जनाको मित्रताका कथामा आधारित चलचित्रमा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने जनाइएको छ । अमिताभको नक्कल (डुप्लिकेट) को भूमिका राजा चौधरीले निभाइरहेको छन् ।
बलिउडको प्रसिद्ध ब्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा सो चलचित्र निर्माण भइरहेको छ । नेपालमा ४० देखि ४५ दिन छायाङ्कन सेड्युल रहेको जनाईएको छ । माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिका वरपरका विभिन्न स्थानमा चलचित्र छायाङ्कन भैरहेको छ । सोही लोकेशन केन्द्रित भएर नेपालको ठुलो बजेटको चलचित्र प्रेमगीत३ यसअघि छायाङ्कन भैसकेको छ । यो चलचित्र अहिले बलिउडमा पोष्टको काम भैरहेको छ ।

खबर एक्सप्रेस