आज:  | Sat, 20, Apr, 2024

प्रधानन्यायाधीशलाई अल्टिमेटम

२०७८, ५ कार्तिक शुक्रबार २०:४० मा प्रकाशित ( २ साल अघि) १५७४९ पाठक संख्या

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नेपाल बार एशोसिएसनले १५ दिनको अल्टिमेटम दिएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदन लागू गर्न चोलेन्द्रलाई १५ दिनको अल्टिमेटम दिएको हो । शुक्रबार एशोसियसनका तर्फबाट महासचिव लीलामणि पौडेलले विज्ञप्ति जारी गरी जबरालाई अल्टिमेटम दिएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रका कामकारवाही र भूमिकालाई लिएर कानून व्यवसायीहरु कडा आन्दोलनमा जाने तयारी थालेका छन् । वरिष्ठ कानून व्यवसायीको पहलमा नेपाल बार एशोसिएसनमार्फत आन्दोलन गर्ने जबराको कामकारवाहीप्रति असन्तुष्ट उनीहरु न्यायालय शुद्धीकरण अभियान समेत चलाउने छलफलमा जुटेका छन् । आन्दोलन के कस्तो गर्ने सो बारे छलफल चलिरहेको एक वरिष्ठ कानून व्यवसायीले बताए । उनले भने प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने र त्यसो नभए महाभियोगका लागि अभियान समेत थाल्ने बताए ।

 

खबर एक्सप्रेस