आज:  | Sat, 27, Nov, 2021

बाढी, पहिरोमा परी १ सय ११ जनाको मृत्यु

२०७८, ५ कार्तिक शुक्रबार १९:५२ मा प्रकाशित ( १ महिना अघि) १७३७ पाठक संख्या

देशभर गत आइतबारदेखि भएको अविरल वर्षाबाट देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोमा परी शुक्रबार दिउँसोसम्म १ सय ११ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६५ जना, बागमती प्रदेशमा १ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३२ जना गरी जम्मा १ सय ११ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । भने ३७ जना वेपत्ता भएका छन् । वेपत्ता भएका हरुको खोजी कार्य जारी रहेको बताईएको छ ।

खबर एक्सप्रेस