आज:  | Sat, 27, Nov, 2021

११ जना सङ्क्रमितको मृत्यु

२०७८, ५ कार्तिक शुक्रबार १९:४९ मा प्रकाशित ( १ महिना अघि) २६९८ पाठक संख्या

काठमाडौं, कात्तिक ५ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार २५३ जनामा आरटीपीसीआर परीक्षण गर्दा ५७४ जनामा र एक हजार १२३ जनामा एन्टीजेन परीक्षण गर्दा १३४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ९३२ जना निको भएर घर फर्केका छन् । योसँगै नेपालमा ९ लाख २ हजार १ जनामध्ये ७ लाख ८५ हजार ८१३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संखया ११ हजार ३३७ जना पुगेको छ।

खबर एक्सप्रेस