आज:  | Thu, 18, Apr, 2024

कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.२ प्रतिशत

२०७८, ४ कार्तिक बिहीबार १९:०२ मा प्रकाशित ( २ साल अघि) १७४८५ पाठक संख्या

काठमाडौं, कात्तिक ४ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा छ हजार ५८६ जनामा आरटीपीसीआर परीक्षण गर्दा ४७० जनामा र एक हजार ९६३ जनामा एन्टीजेन परीक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ७२६ जना कोरोना मुक्त भएका छन् । हालसम्म कोरोना संक्रमितमध्ये ७ लाख ८४ हजार ८८१ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ११ हजार ३२६ पुगेको छ । अहिले देशभर ११ हजार ३१५ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

खबर एक्सप्रेस