आज:  | Sat, 27, Nov, 2021

मौसममा सुधार तर सचेत रहन आग्रह

२०७८, ४ कार्तिक बिहीबार ०९:४३ मा प्रकाशित ( १ महिना अघि) ८३८ पाठक संख्या

गणेस तिवारी, काठमाडौँ, कात्तिक ४ गते । आज मुलुकभर मौसममा सुधार आएको छ । आज बिहानै काठमाडौँ उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम समेत लागेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कतैकतै छिटफुट वर्षाको सम्भावना हुने तर त्यसले ठुलो प्रभाव नपार्ने जनाएको छ । देशभर आंशिकदेखि सामान्य बदली रहने छ । भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ । तर जमीन भिजेकोले पहिरो जानसक्ने भएकोले सचेत हुन आग्रह गरेको छ ।

खबर एक्सप्रेस