आज:  | Sat, 27, Nov, 2021

१३ जना सङ्क्रमितको मृत्यु

२०७८, ३ कार्तिक बुधबार २०:०४ मा प्रकाशित ( १ महिना अघि) १३६५ पाठक संख्या

काठमाडौं, कात्तिक ३ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार २२ जनामा आरटीपीसीआर परीक्षण गर्दा ५३५ जनामा र एक हजार ४०४ जनामा एन्टीजेन परीक्षण गर्दा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७५८ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.१ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट हालसम्म ११ हजार ३१८ जनाको मृत्यु भएको छ ।

खबर एक्सप्रेस