आज:  | Fri, 29, Mar, 2024

बाढी, पहिरोमा परी हालम्म ३१ जनाको ज्यान गयो

२०७८, ३ कार्तिक बुधबार १२:३१ मा प्रकाशित ( २ साल अघि) १००४५ पाठक संख्या

गत तीनदिन देखीको अविरल वर्षाका कारण देशका अधिंकास स्थानमा आएको बाढी, पहिरो र डुबानमा परेर हालसम्म ३१ जनाको ज्यान गएको छ । भने आज बिहानसम्म अन्य ४३ जना बेपत्ता भएका छन् । सो कुराको पुष्टि गृहमन्त्रालयले जनाएको छ । साथै हालसम्म २२ जना घाइते भएको समेत मन्त्रालयले जनाएको छ । सम्पर्कविहीन व्यक्तिको सङ्ख्या धेरै रहेकाले मृत्यु संखया अझै बढ्ने सक्ने बताईएको छ । हालसम्म प्राप्त विवरणअनुसार इलाममा सात, पाँचथरमा छ, डोटीमा सात, धनकुटामा छ, सुनसरीमा दुई, कालिकोटमा एक, डडेलधुरामा एकसहित ३१ जनाको मृत्यु भएको छ । पहिरोमा परेर हालसम्म हुम्लामा छ, बझाङमा २३, कैलालीमा चारसहित विभिन्न जिल्लाका ४३ जना बेपत्ता भएका छन् । अहिलेसम्म विभिन्न जिल्लाबाट ७०० को उद्धार गरिएको छ । उद्धार तथा राहतको कार्य रहेको गृहमन्त्रालयले जनाएको छ ।

खबर एक्सप्रेस