आज:  | Tue, 16, Apr, 2024

निक्षेप भन्दा झन्डै ५ गुणा बढ्यो वाणिज्य बैंकको कर्जा निक्षेप भन्दा झन्डै ५ गुणा बढ्यो

२०७८, १ कार्तिक सोमबार ०९:५६ मा प्रकाशित ( २ साल अघि) ११५०२ पाठक संख्या

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निक्षेप संकलन भन्दा ऋण प्रवाह झन्डै ५ गुणाले बढेको छ । वाणिज्य बैंकहरुको कुल निक्षेप वृद्धि असोज २२ गतेसम्म जम्मा ५४ अर्ब ३४ करोड रुपैयाँ मात्र रहेको छ भने ऋणको वृद्धि भने २ सय ६२ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।नेपाल बैंकर एसोसिएसनले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्ष शुरु हुँदा सम्पूर्ण वाणिज्य बैंकहरुमा स्वदेशी निक्षेप ४ हजार ८० अर्ब र विदेशी निक्षेप १ सय २२ अर्ब गरेर कुल ४ हजार २ सय १ अर्ब रुपैयाँ निक्षेप रहेको छ । चालु आर्थिक वर्षको असोज २२ सम्म आउँदा वाणिज्य बैंकहरुमा स्वदेशी निक्षेप ४ हजार १ सय ४ अर्ब र विदेशी निक्षेप १ सय ५१ अर्ब २९ करोड गरेर कुल ४ हजार २ सय ५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । यो भनेको कुल निक्षेपमा करिब ३ महिनाको अवधिमा ५४ अर्ब रुपैयाँ मात्र बैंक निक्षेपमा वृद्धि भएको देखिएको छ ।

खबर एक्सप्रेस