आज:  | Tue, 26, Mar, 2024

अमेरीकामा खुलेकी सुहाना…

२०७८, ३१ आश्विन आईतवार १९:३० मा प्रकाशित ( २ साल अघि) १५९०४ पाठक संख्या

पछील्लो समय युवा माझ चर्चित अभिनेत्री सुहाना थापा हाल अमेरिका रहेकी छिन् । फिल्म ‘ए मेरो हजुर ३ ’ बाट डेब्यु गरेकी सुहाना दर्शक माझ पहिलो फिल्मबाटै चर्चा कमाएकी थिइन । सुहानाको दोश्रो फिल्म ‘ए मेरो हजुर ४’ भने भाद्र १८ मा रिलिज हूनुपर्नेमा कोरोनाका कारण रिलीज़ हुन सकेना। निर्माण टीमले अब फिल्म ए मेरो हजुर -४ को प्रदर्शन आउने चैत्र महिनाको २५ गते गर्ने निर्णय गरीसकेकों छ ।व्यवसायिक रुपमा सफल जोडी अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ दर्शकले कुरेर बसेका छन्।  ‘ए मेरो हजुर-४’ आमा झरना थापाको निर्देशनमा बनेको फिल्म हो ।

 

खबर एक्सप्रेस