आज:  | Fri, 29, Mar, 2024

नेपाल उपविजेतामा सिमित

२०७८, ३० आश्विन शनिबार २३:०९ मा प्रकाशित ( २ साल अघि) ९९२१ पाठक संख्या

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेर खेलेको थियो । तर भारतसँग पराजित भएको छ । नेपाललाई भारतले ३-० गोल अन्तरले हराएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको सुरुवातमा नै नेपालले दुई गोल खान पुग्यो । कप्तान सुनिल सुनिल क्षेत्रीले भारतलाई अग्रता दिलाए । भने पहिलो गोल खाएको समयमा सम्हालिन नपाउँदै भारतले दोस्रो गोल ग–यो । सुरेश सिंह वाङजमले एक मिनेटपछि नै भारतको अग्रता दोब्बर बनाए । खेलको इन्जुरी समयमा सहाल अब्दुल समादले अर्को गोल गर्दै भारतलाई सहज जीत दिलाए । नेपाल उपविजेतामा सिमित रहृयो ।

खबर एक्सप्रेस