आज:  | Sat, 27, Nov, 2021

साफ च्याम्पियनसिपका लागी आज नेपाल र भारत भिडन्त हुदै

२०७८, ३० आश्विन शनिबार १०:२० मा प्रकाशित ( १ महिना अघि) १३०३ पाठक संख्या

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ को उपाधिको लागि आज नेपाल र भारत भिडन्त हुदैछ। नेपाली समय अनुसार राति ८ः४५ बजे मालेको राष्ट्रिय रंगशालामा फाइनल खेल शुरु हुनेछ । भारतले हालसम्म ७ पटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेको छ भने नेपाल पहिलोपटक उपाधि हत्याउने स्थानमा पुगेको छ। हालसम्म भारतविरुद्ध नेपालले २२ खेल खेलेको छ । जसमा भारतले नेपालविरुद्ध १५ खेलमा जितेको छ भने ५ खेल बराबरी खेलेको छ । दुई खेलमा भने नेपाल विजयी भएको थियो। सन् १९९३ मा बंगलादेशमा भएको छैटौं सागमा नेपाल र भारतबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले जीत हासिल गरेको थियो । नेपाल र भारतको पुरुष राष्ट्रिय फुटबल टोलीबीच २८ वर्षपछि फाइनल खेल तय भएको छ। आजको खेल नेपालले जित्ने आशा लिईएको छ ।

खबर एक्सप्रेस