आज:  | Sun, 28, Nov, 2021

कलाकारको दशै

२०७८, २९ आश्विन शुक्रबार २१:२२ मा प्रकाशित ( १ महिना अघि) १४५८ पाठक संख्या

नेपालीहरुको ठुलो पर्व दशैंको शुरुवात भएसँगै आज आफू भन्दा ठूलाको हातबाट टिका र जमरा लगाएर आर्शिवाद लिने कार्य जारी रहेको छ ।
यसपटक बिभिन्न कलाकर्मीहरुले दशै मनाएर आफ्ना तस्बिर सामाजिक संजालमा शेयर गरेका छन् । एक्शन किंग लोकनायक शिव श्रेष्ठले पनि आफ्नो परिवारका साथमा दशैं मनाएका छन् । यूवा स्टार अनमोल केसीले आफ्ना बुबा अभिनेता भुवन केसीको हातबाट टिका र जमरा लगाएका छन् । सदाबहार अभिनेत्री करिष्मा मानन्धरले पनि परिवारका साथ दशै मनाएकी छिन् । अभिनेत्री रेखा थापाले पनि टिका लाएको तस्बिर सामाजिक संजालमा शेयर गरेकी छिन् । चर्चित अभिनेता पल शाहले पनि आफ्नो परिवारमा दशै मनाएका छन् ।  यूवा स्टार अभिनेत्री साम्रागी राज्यलक्ष्मी शाहले पनि आफ्नो आमाको हातबाट टिका लगाएकी छिन् ।

 

 

 

 

 

 

खबर एक्सप्रेस