आज:  | Fri, 26, Apr, 2024

‘कबड्डी ४ द फाइनल म्याच’ ३ कात्तिकदेखि छायांकनमा

२०७८, २८ आश्विन बिहीबार ११:३३ मा प्रकाशित ( २ साल अघि) ७४७२ पाठक संख्या

काठमाडौं कोरोनका कारण थला परेको नेपाली चलचित्र क्षेत्र कोरोना संक्रमण कमहुदै गए पश्चात यसका गतिविधिहरू बढ्न थालेका छन्। यही बिच सुप्रसिद्ध चलचित्र कबड्डी सिरिज आउँदो ३ कात्तिकदेखि आफ्नो चौथो सिरिजकाको छायांकनमा जाने बताईएको छ। निर्देशन रामबाबु गुरुङलाई यही चलचित्र मार्फत निर्देशकको रूपमा स्थापित गरेको हो । ३५ दिनको सेड्युल बनाएर छायांकन जाने टिमको तयारी रहेको छ । छायांकन भने मुस्ताङमा हुनेछ । निर्देशक गुरुङले यसलाई अन्तिम सिरिज ‘कबड्डी ४ द फाइनल म्याच’ भनेका छन्। यो चलचित्रमा दयाहाङ राई र विजय बराल पक्का भएका छन् । भने अन्य कलाकार छनौटमा निर्माण टिम रहेको छ ।

खबर एक्सप्रेस