आज:  | Sun, 24, Oct, 2021

बि. स. २०२५ मा काठमाण्डौंको बसन्तपुर दरवार स्थित कोत घरi

२०७८, २७ आश्विन बुधबार २३:०२ मा प्रकाशित ( १ हफ्ता अघि) ४३५ पाठक संख्या

बडादसैंको महाअष्टमी र महानवमीका दिन दसैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा हुने गर्दछ । सरकारी नियम अनुसार हनुमानढोका दरबार साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरुमा बाजागाजसहित बली दिएर जंगी निशान पूजा तथा कोत पूजा गर्ने चलन अनुरुप महानवमीको अवसरमा बिशेष पूजा हुने चलन यथावत नै छ ।

#परम्परा:
महाअष्टमीको दिन हनुमानढोका स्थित दशै घरको मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरिन्छ। महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा पनि गरिने प्रचलन रहेको छ ।
#धार्मिक_महत्व:
देवीभागवतमा वर्णन गरिए अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली करोडौँ योनी-शक्तिका साथ यसै अष्टमीका दिन उत्पन्न भएका थिए। त्यसै सम्झना स्करुप नवरात्रिको आठौं दिनमा महाकाली अर्थात भद्रकालीको विशेष पूजाआजा गरिन्छ।
भद्रकालीको साथै यस दिन नवदुर्गा भगवतीहरू शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि पार्वतीका विभिन्न स्वरूपका देवीहरूको पूजाआजा तथा पूजापश्चात बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइने प्रचलन रहेको छ। यी दिनहरूमा मानिसहरू आफ्नो कुलदेवी, देवता तथा स्थानीय देवीदेवतालाई समेत पूजी बलि दिने गर्दछन । सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन्।

खबर एक्सप्रेस