आज:  | Sun, 24, Oct, 2021

बलिउड कलाकार अनुपम खेर र परिणीती सगरमाथाको काखमा रमाउदै

२०७८, २७ आश्विन बुधबार २१:४३ मा प्रकाशित ( १ हफ्ता अघि) ५९० पाठक संख्या

काठमाडौँ । बलिउडको चलचित्र उचाई अहिले धमाधम नेपालमा छायांकन भईरहेको छ । करिब दुई सातादेखी नेपालका बिभिन्न भागमा चलचित्रको छायांकन भइरहेको छ । नेपालको राजधानी काठमाडौंमा दुई दिन छायांकन सकाएर यूनिट लुक्लामा छायांकन गरेको थियो । अहिले भने नाम्चेमा छायांकन भैरहेको छ । बलिउड कलाकार अनुपम खेर, परिणीती चोपडाले नेपालमा रहेको सगरमाथा आफूहरुले पहिलो पटक देखेको भन्दै समाजिक सञ्जालमा खुशी ब्यत गरेका छन्। उनीहरुले आधार शिविर पुगेको फोटोसहित सामाजिक संजालमा खुशी जनाएका छन् । चलचित्र उचाईलाई सुरज वर्जत्यले निर्देशन गरिरहेका छन् । अहिले अनुपम खेर, परिणिती चोपडा, बोमन इरानीलगायतका कलाकारहरु नेपालमा रहेका छन् । आगामी हप्ता चलचित्रको युनिट हिमालपारिको जिल्ला मनाङमा जादै छ । यो चलचित्रको छायांंकन नेपालमा लगभग ४० दिन हुने बताईएको छ ।

 

 

खबर एक्सप्रेस