आज:  | Sun, 24, Oct, 2021

साफ च्याम्पियनसिपपछि नेपाल नफर्कने भन्दै अल्मुताइरीले राजीनामा दिने घोषणा गरे

२०७८, २७ आश्विन बुधबार २०:४२ मा प्रकाशित ( १ हफ्ता अघि) २४१९ पाठक संख्या

गणेस तिवारी, काठमाडौं  । नेपाली फुटबललाई उचाईमा पुरर्याउदै गरेका प्रशिक्षक अब्लुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिप पछि आफूले राजिनामा दिने घोषणा गरेका छन् । आज मात्र नेपालले साफ च्याम्पियनसिपमा बंगलादेशसँग १–१ को बराबरी खेलेर फाइनलमा स्थान पक्का गरेको थियो । साफ च्याम्पियनपसिपको फाइनलमा नेपालमा स्थान बनाएको यो ऐतिहासिक क्षण हो । तर प्रशिक्षक अल्मुताइरीले भने साफको फाइनलपछि आफू नेपाल नफर्किने बताएका छन् । फाइनल प्रवेश गरेयताको आयोजित प्रेस मिटमा उनी आक्रामक रुपमा प्रस्तुत भए । नेपाली मिडियाले आफ्नो धेरै बिरोध गरेको । उनले भनेका छन् अन्तिम तीन दिन मलाई धेरै नराम्रो अरोप लगाईृयो लाग्यो । एउटा मिडियाले समाचार बनाएर आफ्नो बदनाम गरेको ‘‘आफ्नो प्रशिक्षकलाई त सम्मान गर्न जान्नुपर्छ भन्दै आफू अब नेपाल नफर्कने बताए । त्यो समाचार लेख्ने मिडियालाई सोधेँ म्याच फिक्सिङको अरोप लगाएर खुसी भयौ होला । म प्रशिक्षक हो कसैेको नोकर होइन । नेपालमा फुटबल विकासको लागि आएको हुँ । भनेर मैले नेपालमा भएको पत्रकार सम्मेलन भनेको थिए । म इतिहास रच्न चाहन्थे त्यो आज पूरा भएको छ । अब हामी शनिबार फाइनल खेल्दैछौं । यो नैं मेरो अन्तिम खेल हुनेछ । त्यो खेलपछि म कहिल्यै नेपाल फर्किने छैन ।

खबर एक्सप्रेस