आज:  | Sun, 24, Oct, 2021

चार जना सङ्क्रमितको मृत्यु

२०७८, २७ आश्विन बुधबार १९:१८ मा प्रकाशित ( १ हफ्ता अघि) ५९० पाठक संख्या

काठमाडौं, असोज २७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ६७१ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ३२६ जनामा र एक हजार ९२३ वटा एन्टीजेन परीक्षण गर्दा ३९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ६०९ जना कोरोनामुक्त भएका छन् । भने नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.८ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा चार जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार २६१ जना सङ्क्रमितको मृत्यु भएको छ ।
खोप पछिल्लो २४ घण्टामा दुई हजार २७५ जनाले कोरोनाविरूद्धको खोप लगाएका छन् ।

खबर एक्सप्रेस