आज:  | Tue, 16, Apr, 2024

जापानमा कोरोनाबाट एकको मृत्‍यु

२०७८, २७ आश्विन बुधबार १४:३३ मा प्रकाशित ( २ साल अघि) ७५०३ पाठक संख्या

बाग्लुङका एक पुरुषको मंगलवार साझ जापानमा कोरोनाबाट मृत्‍यु भएको छ  ।बाग्लुङ नगरपालिका  वडा नम्बर ७ गैरागाउँ  घर भै हाल जापानको साईतामा केनमा बस्ने मोहन प्रसाद गौतमको मृत्‍यु  भएको हो ।  झन्डै दुई महिना पहिले कोभिड  संक्रमित हुँदा केही दिन अस्पताममा उपचार पश्चात निको भै घर फर्किएको र केहीदिनमा पुन स्वास्थ्यमा समस्या देखिएपछी अस्पातल पुगेका गौतमको कोरोनाले फोक्सोमा असर गरेकोले मृत्‍यु भएको बताईएको छ   

गौतमको मृत्‍यु कोरोनाले भएकोले दाहसंस्कार स्थानीय सरकारको तर्फबाट यही शनिबार हुने पारिवारिक स्रोतले जनाएको छ । करिब ७ वर्ष पहिले देखि जापानमा दक्ष कामदार(कुक) भिषामा रहेका गौतमका श्रीमती र एक  छोरा जापानमै रहेका छन् भने एक छोरी र दुई  छोरा नेपालमा रहेका छन् ।

खबर एक्सप्रेस