आज:  | Mon, 25, Mar, 2024

गोर्खाका मुद्दा बारे गृहमन्त्री अमित शाहलाई जानकारी

२०७८, २७ आश्विन बुधबार १४:२६ मा प्रकाशित ( २ साल अघि) ८२४७ पाठक संख्या

दार्जीलिङ्ग पहाड़, तराई र डुवर्सका जनताको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई गोर्खाहरूको दीर्घ-प्रतीक्षित मुद्दाहरूको समाधान गर्ने उद्देश्यले ऐतिहासिक त्रिपक्षीय वार्ता शुरु गरेका छन् ।

सो वार्ताको अध्यक्षता भारत सरकारका केन्द्रीय गृहमन्त्री अमित शाहले गरेका थिए । सो बार्तामा गृह राज्यमन्त्री नित्यानन्द राय तथा अल्पसंख्यक मामिला राज्यमन्त्री जोन बारला समेतको उपस्थिति थियो। 

गोर्खा प्रतिनिधिमण्डलमा संघिय संसद राजू बिष्ट, दार्जीलिङ्का विधायक नीरज जिम्बा, खरसाङ्गका विधायक बी.पी. बजगाइँ, कालचिनीका विधायक बिशाल लामा, GNLF प्रमुख मन घिसिङ्ग, CPRM प्रमुख आर.बी. राई, भाजपा जिल्ला अध्यक्ष डा. कल्याण देवान, GoRaNiMo प्रमुख दावा पाख्रिन, ABGL प्रमुख प्रताप खाती, र SuMuMo प्रमुख श्बिकास राईको सहभागिता रहेको थियो । केन्द्रीय सरकारको तर्फबाट केन्द्रीय गृह सचिव अजय भल्ला, आदिवासी मामिला मन्त्रालयका सचिव अनिल कुमार झा, भारतीय महा रजिष्ट्रार डा. विवेक जोशी तथा गृह मन्त्रालयका अन्य अधिकारीहरू र पश्चिम बङ्गाल सरकारका प्रतिनिधिहरू समेत वार्तामा उपस्थित रहेको थियो। 

बार्तामा गोर्खाहरू र क्षेत्रसित सम्बन्धित विविध मुद्दाहरू उठाईयको गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (GTA) जस्ता निकायहरूको रूपमा काम-चलाऊ अर्ध-स्वायत्त प्रशासनिक व्यवस्थाले क्षेत्रका जनताका आकांक्षाहरूको पूर्ति गर्न असफल रहेको बिचार राखेको संघिय संसद राजू बिष्टले बताय। सोही क्रममा गोर्खाहरूको क्षेत्रमा लोकतन्त्रको अभाव रहेको २०१७ देखि यस क्षेत्रमा पञ्चायत चुनाउहरू नगराईएको, अनि TMC का कार्यकर्ताहरूलाई  प्रशासक बोर्डमा राखेर GTA लाई चलाईराखिएको बारेमा जानकारी गराउदै जतिसक्दो चाँड़ो स्थायी राजनीतिक समस्या समाधान गरिनु पर्ने माँग समेत गरेको बताय।

गृहमन्त्री श्री अमित शाहले सम्बद्ध सबै माँग सुनेपछी दिपावलीपछि नोभेम्बर महिनामा दोस्रो चरणको वार्ता बोलाउने निर्णय गरेको बताइएको छ । 

खबर एक्सप्रेस