आज:  | Fri, 19, Apr, 2024

सङ्क्रमणमुक्त हुने दर ९६.८ प्रतिशत

२०७८, २६ आश्विन मंगलवार २०:४७ मा प्रकाशित ( २ साल अघि) १५१६० पाठक संख्या

काठमाडौं, असोज २६ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार ६० वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६९१ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, दुई हजार ५५९ वटा एन्टीजेन परीक्षण गर्दा १०१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ९१० जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.८ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा १४ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार २५७ जना सङ्क्रमितको मृत्यु भएको छ ।
खोप ः पछिल्लो २४ घण्टामा ६९ हजार ८२४ जनाले कोरोनाविरूद्धको खोप लगाएका छन् ।

खबर एक्सप्रेस