आज:  | Sun, 24, Oct, 2021

चलचित्र ‘कृत काब्या को घोषणा

२०७८, २६ आश्विन मंगलवार ११:५९ मा प्रकाशित ( १ हफ्ता अघि) ५९० पाठक संख्या

दशैंको अवसर पारेर निर्देशक आकाश अधिकारी र निर्मात्री एवं अभिनेत्री उमा गिरीले चलचित्र ‘कृत काब्या को घोषणा गरेका छन् । प्रेमकथामा आधारीत हुने चलचित्रको लेखन आकाश अधिकारीले गरेका हुन भने निर्देशन पनि उनैले गर्दैछन् । दशैंपछि चलचित्रको छायांकन शुरु हुनेछ । चलचित्रका कलाकारहरुको टुंगो लागेको छैन । चलचित्रका टिनएजरको मुख्य भूमिका रहनेछ । अभिनेत्रीमा भने उमाकी छोरी शिवानी हुनसक्ने सम्भावना रहेको छ ।

उमाले यसअघि ‘कहिँ कतै, इशारा’ लगायतका नेपाली चलचित्र निर्माण गरिसकेकी छिन् । निर्देशक आकाश अधिकारीले लकडाउनपछि अभिनेता द्वय शिव श्रेष्ठ र सौगात मल्ललाई लिएर नयाँ फिल्म बनाउने तयारीमा जुटेका थिए तर कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि चलचित्रको छायांकन स्थगन भएको थियो । अब भने उनी उमासँग मिलेर फिल्म ‘कृत काब्या’ बनाउने तयारीमा जुटेका छन् । यो चलचित्र हिन्दी र नेपाली दुई भाषामा निर्माण हुने बताईएको छ । चलचित्रको छायांकन नेपाल र भारतको सिक्किममा गर्ने निर्माण टिमले बताएको छ ।

खबर एक्सप्रेस