आज:  | Tue, 16, Apr, 2024

आजबाट देशैभरी ‘डाँडाको बरपीपल’

२०७८, २६ आश्विन मंगलवार ११:३५ मा प्रकाशित ( २ साल अघि) ११२५४ पाठक संख्या

संसारभर फैलिएको कोरोना महामारीका कारण सबैभन्दा बढी थला परेको क्षेत्र चलचित्र क्षेत्र पनि हो । यही बिच बिचमा सिनेमा हल खुलेपनि दर्शक नआएपछि फेरीहलहरु बन्द रहेका थिए । यही बिच बन्द रहेका सिनेमा हल घटस्थापनादेखी सञ्चालनमा आएपनि नेपाली चलचित्र प्रर्दशन हुन सकेको थिएन। आज मंगलवारबाट भने दर्शकले हलमा नेपाली चलचित्र हेर्न पाउने भएका छन् । दशैं विदालाई लक्षित गर्दै फूलपातीबाट नेपाली चलचित्र ‘डाँडाको बरपीपल’ प्रदर्शनमा आएको छ । मल्टीप्लेक्समा पनि राम्रो शो पाएको यो चलचित्रले सिनेमा हलसम्म दर्शक तान्ने अपेक्षा भने गरिएको छ ।चलचित्र प्रर्दशनको अघिल्लो दिन काठमाडौंको ‘वान सिनेमाज्’ मा चलचित्रको प्रिमियर शो गरिएको थियो । चलचित्र हेर्न आएका चलचित्रकर्मी तथा अन्य ब्यवसायिहरुले चलचित्रको कथावस्तु र कलाकारहरुको कामलाई निकै तारिफ गरेका थिए । भने समग्रमा चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका थिए ।

शोभित बस्नेत निर्देशित चलचित्र जातका कारण प्रेममा आउने अवरोध र दुई पुस्ताबीच देखिएको दूरीको कथा भन्छ । चलचित्रमा तीन सुपरस्टार शिव श्रेष्ठ, भुवन केसी र गौरी मल्लको जीवन्त अभिनय रहेको छ । शिव र गौरीको छोराको भूमिकामा सलोन बस्नेतले निकै राम्रो अभिनय गरेका छन् । भने अभिनेत्री रुविना थापाको अभिनय पनि राम्रो रहेको छ । बुढासुब्बा डिजिटलका संचालक नवराज गिरीले चलचित्र को निर्माण गरेका हुन् । सरस्वती गिरी कार्यकारी निर्माता रहेको चलचित्रमा नवराज गिरीको कथा, शिव मुखिया र एलिस कार्कीको संगीत, रामकाजी घिमिरेको स्क्रिप्ट, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व र मित्रदेव गुरुङको सम्पादन छ ।

खबर एक्सप्रेस