आज:  | Mon, 15, Apr, 2024

फूलपाती भित्र्याइँदै

२०७८, २६ आश्विन मंगलवार १०:४२ मा प्रकाशित ( २ साल अघि) ९३९४ पाठक संख्या

काठमाडौँ, असोज २६ गते । वडादशैको सप्तमीका दिन सनातन हिन्दु धर्मावलम्बीहरुले फूलपाती भित्र्याइँदै छन् । केरा, दारिम, उखु र अदुवाको बोट, बेसार, बेलपत्र, अशोक र जयन्तीको फूल, असुरोको पातलाई नवपत्रिका मानेर फूलपाती भित्र्याउने प्रचलन रहदै आएकोछ । काठमाडौं हनुमानढोका दरबारस्थित दशैँघरमा भित्र्याउने गरी धादिङको जीवनपुरबाट काठमाडौँको जमलमा फूलपाती ल्याउने टोली मङ्गलबार जीवनपुर गएको छ । नेपाली सेनाको शार्दूूलजङ्ग गुल्मका दुई जवान र हनुमानढोका दरबार हेरचाह अड्डाका चार जना जीवनपुर गएका छन् । विगतमा समरजङ्ग कम्पनीको टुकडी जीवनपुर जाने गरेकोमा कम्पनीको जिम्मेवारी शार्दूूलजङ्गमा सारिएका थियो । गोरखाबाट मगर जातिले पैदलै जीवनपुर ल्याएको फूलपातीलाई जीवनपुरबाट जमल हुँदै हनुमानढोका दरबारस्थित दशैँघरमा भित्र्याउने प्रचलन छ । सरकारी अधिकारी र गुरु पुरोहितले आशागुर्जा कल्स्यौँडीसहित सिँगारिएको फूलपातीलाई जमलमा स्वागत गरेर दशैँघर भित्र्याउने तयारी भएको छ ।

खबर एक्सप्रेस